Saturday 4 November 2017


क्याल्सियम कमी हुँदा देखिन्छन् यस्ता लक्षण
श्रोत :-
स्वास्थ्य खबरपत्रिका
कडा र स्वस्थ हड्डी बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ। हरिया सागसब्जी, दूध, दही, बदाम, चिज लगायतका खानेकुराबाट हामीले क्याल्सियम पाउँछौँ। बढ्दो उमेरका किशोर–किशोरीलाई क्याल्सियमको बढी आवश्यकता पर्छ। तर, क्याल्सियम पाउने खानेकुरामा ध्यान नदिँदा विशेषगरी १४ देखि २० वर्ष उमेरका किशोर–किशोरीमा विभिन्न समस्यामा देखिने गर्छ। शरीरमा क्यल्सियमको अभावका केही लक्षण यस्ता छन्ः
मांशपेशीको दुखाइ
शरीरमा पर्याप्त मात्रमा हेमोग्लोबिन हुँदा र प्रशस्त पानी खाँदा पनि बारम्बार मांशपेशी दुख्ने समस्या छ भने शरीरमा क्याल्सियमको मात्रा कम भएको बुझ्नुपर्छ। तिघ्रा र पाखुराको मांशपेशी नचल्नु न्यून क्याल्सियमको संंकेत हो। तसर्थ शरीर बारम्बार दुख्छ भने क्याल्सियमको अभाव हुन सक्ने भएकाले तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ।
हड्डी कसिलो नहुनु
कहिलेकाहीँ कुनै हड्डी (विशेषगरी घुँडा र कुइनोको तल्लो हड्डी) हल्लिने तथा घुम्ने गर्छ। यो क्याल्सियमको अभावले हुन सक्छ। मानिस बृद्ध भए पनि हड्डीलाई बलियो बनाउन क्याल्सियमको आवश्यकता पर्छ। शरीरको धातुलाई खनिज पर्दाथमा परिवर्तन गर्नका लागि क्याल्सियमको भूमिका हुन्छ। तसर्थ, न्यून क्याल्सियमले हड्डी र मासुलाई एकअर्कामा कसिलो बनाउने प्रक्रियामा असर पुग्छ। यस्तोमा हड्डीका तन्तुहरु नास हुनुका साथै हड्डी भाँचिन सक्छ।
नङ भाँचिनु/कमजोर हुनु
हड्डीलाई जस्तै नङलाई बलियो बनाउन पनि क्याल्सियम चाहिन्छ। क्याल्सियमको अभावमा नङ अत्यधिक कमजोर भई भाँच्चिन थाल्छ। नङ निकै कमजोर वा बारम्बार आफैँ भाँचिन्छ भने शरीरमा क्यल्सियमको आवश्यकता छ भन्ने बुझ्नुपर्छ।
दाँत दुख्नु
शरीरमा रहेको क्याल्सियममध्ये ९९ प्रतिशत क्याल्सियम दाँत र हड्डीमा हुन्छ। क्याल्सियम तह न्यून भएमा दाँत दुख्ने, किराले खाने हुन्छ। दाँत दुख्नुको अतिरिक्त दाँतको इनामेल हराउनु, दाँत वरपरका हड्डी कुहिनु र गिजासम्बन्धी अन्य रोग लाग्नु (पेरिडोन्टल डिजिज) क्याल्सियम अभावका लक्षण हुन्। दाँत सिरिङ्ग हुने वा सबै बंगारा एकैपटक दुख्ने लगायतका समस्या पनि क्याल्सियमकै अभावले हुन सक्छ। यस्तो लक्षण देखिएमा क्याल्सियमयुक्त खानेकुरा प्रसस्त खानुपर्छ। त्यस्तै बालबालिकामा समयमै दाँत नपलाउने, पलाएका पनि निकै कमजोर हुने लक्षण देखिए क्याल्सियमको अभाव भनेर बुझ्न सकिन्छ।
महिनावारीमा पीडा
महिनावारी भएको समयमा अत्यधिक शरीर तथा मांशपेशी दुख्छ भने त्यो क्याल्सियमको अभाव लक्षण हुन सक्छ। कुन क्याल्सियम दिँदा यस्तो पीडा रोक्न सकिन्छ भन्नेबारे मेडिकल साइन्समा अझै स्पष्ट भने भएको छैन। अनिमिति रुपमा महिनाबारी र अत्यधिक रक्तस्राब हुनु पनि क्याल्सियम कमीको लक्षणभित्र पर्दछ। भ्रुण रहने स्थानको सामान्य विकास र अण्डाशयको हर्मनको नियमित विकासका लागि पनि क्याल्सियम नभई नहुने खनिज पदार्थ हो।
बारम्बार भाइरस र ब्याक्टेरियाजन्य रोगले समात्नु
शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक प्रणालीका लागि पनि क्याल्सियम चाहिन्छ। बारम्बार स्वासप्रस्वाससँग सम्बन्धी समस्या आउनु र आन्द्रामा संक्रमण देखिनु पनि क्याल्सियमकै अभावले हुन सक्छ। क्याल्सियमको अभाव हुने मानिसलाई भाइरस, ब्याक्टेरिया र अन्य परिजीवीले चाँडै आक्रमण गर्छ। तसर्थ, बारम्बार भाइरस, ब्याक्टेरियाजन्य रोगको संक्रमणबाट पीडित हुनेले क्याल्सियमको अभाव हो कि भनेर चासो दिनुपर्छ।
कमजोरी
हड्डी र मांशपेशीको पीडाले क्याल्सियम अभाव भएका मानिसलाई सामान्यतया कमजोर बनाउँछ। डर, त्रास, पीडा जस्ता मानसिक कमजोरी र मानसिक अस्वस्थता पनि क्याल्सिमयसँग सम्बन्धित छ। क्याल्सियमको अभावमा यस्ता समस्या आउन सक्छन्। अनुहार पहेँलो र थकित देखिनु तथा जतिखेर पनि अल्छी महसुस हुनुको कारण पनि क्याल्सियम अभाव हुन सक्छ। बच्चा जन्मिएपछि महिलामा क्याल्सियमको अभाव हुने गर्छ, जसका कारण उनीहरुले कमजोर र थकित महसुस गर्छन्। क्याल्सिमयकै अभावमा सुत्केरी महिलाको दूध नआउने, एकाग्र भएर सोच्न नसक्ने र अत्यधिक थकित समसुस हुने गर्छन्। गर्भवती महिलालाई एक सय देखि एक सय २० एमजी क्याल्सियम दैनिक खुवाउनुपर्छ।

No comments:

Post a Comment

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...