Wednesday 1 November 2017

च्याउको उपयोगिता 

च्याउका परिकार निकै स्वादिलो हुने कुरामा दुइमत छैन । च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मोटोपन घटाउने देखि लिएर शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने काममा पनि च्याउ सहायक सिद्ध हुन्छ। च्याउका फाइदा यस्ता छन्ः

· च्याउले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा एर्गोथियोनाइन नामक एन्टी अक्सिडेन्ट पाइन्छ । यसले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै इम्युनिटी पावर पनि बढाउँछ । यो एक प्रकारको एमिनो एसिड हो र यसमा हुने सल्फर शरीरका लागि हरेक किसिमले फाइदाजनक हुन्छ ।

· च्याउको सेवनले मानिसको मोटोपना घटाउँदछ । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले शरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ ।

· च्याउ क्याल्सियमको निकै राम्रो स्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या समेत कम हुन्छन् ।

· च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् । यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ ।
· मधुमेह नियन्त्रणका लागि पनि च्याउ सहायक सिद्ध हुन्छ । च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ ।

· रक्तअल्पताको समस्या कम गर्न पनि च्याउ फाइदाजनक हुन्छ । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत सरीरले लिन सक्दछ । यसले सरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ ।

No comments:

Post a Comment

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...