Saturday 23 September 2017

शुभकामना ! शुभकामना !! शुभकामना !!!


अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै नेपाली हरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र सद्भावको चाहाना, विजया दशमी २०७४ सालको अग्रिम मङ्गलमय शुभ कामना!! 

Saturday 16 September 2017




तरकारीको उपयोगिता 


हरेका प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका औषधिय गुण पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर भित्र गएर भिटामिन एमा परिणत हुन्छ । साधारणतया तरकारीमा कार्बोहाइड्रटमध्ये माड र सेलुलोज, खनिज पदार्थमा आइरन र क्याल्सियम र भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ । तरकारीमा कोलेरेस्टोल भने हुदैन । तरकारीमा फाइबरको अधिक हुन्छ ।
*भिन्डी
भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ । भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ । भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ । मधुमेह हुने सम्भावना कम गर्छ । पाचन शक्ति मजबुत बनाउछ । कब्जियतबाट बचाउछ । रोग प्रतिरोध क्षमता बढाउछ । रक्तअल्पता हुनबाट जोगाउछ । आँखाको दृष्टि बढाउछ । गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।
*गोलभेंडा
नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ । दिनहुँ गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्रावजस्ता रोग लाग्दैन । साथै आँखा रोगको समस्या पनि हुँदैन ।
*बन्दा
बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन् । जसले हामीहरुलाई निरोगी बनाउँछ । बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ । ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।
*गाँजर
गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउछ । यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।
गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन । गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ । गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ । गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।
*करेला
स्वादमा तितो भएपनि यो बहुगुणकारी तरकारीको रुपमा परिचित छ । यो एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ । दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् । यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ । यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ । यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ । करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।
*आलु
आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ । शरिर कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञकाअनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ । यो बोक्रा नतासी पकाउदा फाईदाजनक हुन्छ । चोट लागेर रगत जमेर निलो भएको ठाउँमा काँचो आलु पिधेंर लगाउँदा राम्रो हुन्छ । घामले डढेको, कालो पोतो, चाउरी परेको छालामा काँचो आलुको रसले राम्रो फाइदा हुन्छ । अपच र एसिडिटि भएमा आलुको जुसले ठिक गर्छ । आलुमा अल्केलाइडस नामक औषधिय तत्व पनि हुन्छ ।
*काउली
काउली क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ ।
अध्ययन अनुसार काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ । जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’ काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ । काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।
*फर्सी
फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ । ५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा नराम्रो कोलस्टेरोलको मात्रा पनि कम गर्छ । यसको बियाँमा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । फर्सीले स्मरण क्षमताको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउछ । पँहेलो फर्सीमा पाइने क्यारोटिन, एन्टिअक्सिडेन्टले शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ । यसले मुटु रोगीलाई पनि निकै फाइदा गर्छ ।
*ब्रोकाउली
ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ । ब्रोकाउली भिटामिन सीले भरिपूर्ण हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउछ। ब्रोकाउलीले मधुमेह नियन्त्रण गर्न मद्धत गर्छ । ब्रोकाउलीमा बिटा – कैरोटीन हुन्छ जसले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट पनि रोक्छ। ब्रोकाउली छालाका लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीमा क्याल्शियम, फोस्फोरस, म्याग्निशियम र जिंक पाइन्छ। जसले शरीरका हड्डीलाई मजबूत बनाउछ। ब्रोकाउली शरीरलाई एनीमिया र एल्जाइमर हुनबाट पनि बचाउँछ। यसमा अधिक मात्रामा आइरन पनि पान्इन्छ । ब्रोकाउलीले स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।
*लौका
लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक मानिन्छ । लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकाको बोक्राको लेप लगाउदा रगत बग्न बन्द हुन्छ । गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ । लौका शक्तिवर्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जन्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !

Thursday 14 September 2017




जीवन वुटी सम्बन्धि जानकारी 


यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ
नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ । यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको हो । त्यसैले तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको बषर्ा र ‘चा’ भनेको घास ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो, अर्थात बषर्ा ऋतुमा घास र हिउँदमा घाससँग जोडिने किरा हुने बस्तु भन्ने अर्थ लाग्दछ । यही तिब्बती भाषाबाट यारचा कुम्भू अपभ्रंस भएर यार्सागुम्बा भएको मानिन्छ ।
त्यसो त कणर्ाली अञ्चलका मुगु, हुम्ला, जुम्लामा उत्तरी हिमाली भेकमा शेर्पा भोटेहरूले यार्साकिमु भन्दछन् । र, यार्सागुम्बाको अलावा यसलाई जीवनबुटी पनि भनिन्छ । किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ ।
बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको
भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ । के हो त यार्सागुम्बा ? यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् ।
यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आˆनो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।
यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ ।
यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो । विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् ।
कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ । हुनत हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार््गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्सागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाँही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै समस्या पर्छ ।
एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्सागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ । यार्सागुम्बा भेटाउन धर्मी र पापी भन्ने कुरा चाँही सरासर गलत हो । कसरी भयो नेपालमा यार्सागुम्बाको पहिलो खोजी ? यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए ।
विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा बि्रटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४२०० मिटरको उचाईमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए । यार्सागुम्बाको उपयोगिता संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् ।
नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ । हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ ।
तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ । कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् ।
यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।
हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् ।
त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् ।
अन्त्यमा बर्षायाम शुरु हुँदा नहुँदै पश्चिम उत्तरका मानिसहरू घर नै छोडेर यार्सागुम्बाको खोजीमा जान्छन् । कतिपय विद्यालय समेत बन्द हुन्छन् र विद्यार्थीहरू समेत उक्त कार्यमा सरिक हुन्छन् । यार्सागुम्बा टिप्न भने त्यति सजिलो भने छैन । घर बाहिरको बास र हिमपातका कारण ज्यान नै जोखिममा पर्ने हुन्छ । भर्खरै मात्र पनि १९ जना व्यक्तिहरू हिमपातमा परी मरिसकेका छन् । तर पनि बजार मूल्य राम्रो भएका कारण मान्छेहरूको यस प्रतिको आकर्षण घटेको पाइदैन । नेपाल सरकारले यार्सागुम्बा टिप्न प्रतिबन्ध नलगाए पनि करका रुपमा पैसा उठाउँदै आएको बताउछन् यार्सागुम्बा टिप्न जानेहरू ।

च्याउ सम्बन्धि जानकारी


च्याउ एक प्रकारको उच्च वर्गको ढुसी हो । यो धर्तीमा उत्पत्तिको हिसाबले च्याउ मानवजाति भन्दा पुरानो मानिन्छ । भनिन्छ, आदिम मानवले पनि च्याउ सेवन गर्थे । च्याउको बारेमा विभिन्न प्राचिन धर्मशास्त्र र श्रुतिहरूमा उल्लेख भएको पाइन्छ । ग्रिक र रोमन साम्राटहरूको लागि च्याउ शाही व्यञ्जनको रूपमा प्रयोग भएको कुरा र यसको खाद्य महŒवका बारे महान ग्रिक दार्शनिक थेओफ्रास्टसद्वारा लिखित कृतिहरूमा उल्लेख भएको पाइन्छ । त्यस्तै गरी इजिप्ट निवासीहरूले पनि च्याउलाई प्यारोह (प्राचीन इजिप्टको राजा) को खाना अर्थात शाही व्यञ्जनका रूपमा चिन्थे । ऋग्वेदमा सोमरसको चर्चा भएको पाइन्छ । सोमरस एउटा पवित्र पेय पदार्थ हो, जुन आर्यहरूले पूजाको समय देवीदेवतालाई अर्पण गर्ने गर्दछन् । आधुनिक अनुसन्धानले सोमरसमा च्याउको सारतŒव एउटा अवयवको रूपमा रहेको पुष्टि गरिसकेको छ । इस्लामहरूको लागि च्याउ जन्नतको एउटा व्यञ्जनको रूपमा वर्णित छ । यसरी सुरुमा च्याउ धनी तथा सम्भ्रान्तहरूको लागि मात्र विलासी भोजनको रूपमा परिचित थियो भने हाल यो गरिब आमजनमानसको लागि खाद्य तथा पोषण सुरक्षालगायत आर्थिक सुरक्षाको दृष्टिकोणले प्रकृतिको एउटा अनुपम उपहारको रूपमा देखिएको छ । परम्परागत रूपमा च्याउलाई वनस्पति भनिए तापनि पछिल्ला अध्ययन र अनुसन्धानबाट च्याउ वनस्पति र जन्तुभन्दा अलग्गै रहेको तथ्य प्रमाणित भइसकेको छ । ढुसी किराहरू पछिको दोस्रो ठूलो जीवहरूको समूह हो । पृथ्वीमा १५ लाख ढुसीमध्ये १ लाख ४० हजार च्याउका प्रजाति रहेको प्रारम्भिक अनुमान छ । यीमध्ये हालसम्म करीब १४ हजार च्याउ मात्र पत्ता लागेका छन्, जुन कुल अनुमानित संख्याको १० प्रतिशत मात्र हुन आउँछ । कुल १४ हजार च्याउमध्ये करिब ५० प्रतिशत अर्थात् ७ हजार प्रजाति विभिन्न तहसम्म खानयोग्य मानिन्छन् । यीमध्ये वैज्ञानिकहरूले अहिलेसम्म २सय प्रजाति जति प्रयोगशालामा उमार्न सफल भइसकेका छन् । संसारभरि नै १ सय जति आर्थिक दृष्टिकोणले र लगभग ६० जति व्यावसायिक हिसाबले खेति गर्न सफल देखिएका छन् भने १० प्रजाति विभिन्न मुलुकमा औद्योगिक स्तरमा खेती भइरहेका छन् । करिब २ हजार जति औषधीय गुण भएका छन् । विषालु च्याउको संख्या तुलनात्मक रूपमा अत्यन्तै न्यून (करिब १ प्रतिशत) पाइएको भए पनि यसको संख्या करिब १० प्रतिशतसम्म हुन सक्ने अनुमान गरिएको छ । यीमध्ये लगभग ३० प्रजाति जति मृत्युजन्य मानिन्छ । नेपालमा पनि करिब ११ सय जंगली च्याउ भेटिएका छन्, जसमध्ये १ सय ४७ जति खानयोग्य, ७३ जति औषधीय गुण भएका र १ सय जति विषालु प्रकृतिका छन् । प्राचीनकालदेखि नै च्याउ खाद्य र औषधिका रूपमा प्रयोग हुँदै आएको हुनाले च्याउ विषाक्तताको इतिहास पनि निकै पुरानो मानिन्छ । ऋग्वेद र अथर्ववेदजस्ता पौराणिक ग्रन्थहरूमा च्याउ विषाक्ततासम्बन्धी घटनाहरूको उल्लेख भएको पाइन्छ । रोमन सम्राट क्लाउडियस सिजर, चाल्र्स छैठौं, पोप क्लेमेन्ट सातौं, सिद्धार्थ गौतम (भगमान बुद्ध) जस्ता केही ऐतिहासिक महापुरुषको मृत्यु पनि च्याउ विषाक्ततासँग जोडिएको छ । पछिल्लो समयमा विश्वव्यापी रूपमा जंगली च्याउको संकलन, उपभोग र व्यापारमा भएको तीव्र वृद्धिका कारण च्याउ विषाक्तताका घटना पनि बढेर गएको छ । हाल विश्वका अधिकांश मुलुकमा जंगली च्याउको संकलन, उपभोग र व्यापार हुने गरेको पाइन्छ । जंगली च्याउको विश्वबजार वार्षिक सात अर्ब अमेरिकी डलर नाघिसकेको छ । जापान र पश्चिमी युरोपका देशहरू यसका प्रमुख आयातकर्ता मुलुक हुन् । च्याउ विषाक्तताका घटनाहरू जापान, अमेरिका, अस्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरूमा घट्ने गरेका भए तापनि अरू विकसित देशको तुलनामा पश्चिमी युरोपका देशहरूमा यसको तीव्रता बढी पाइएको छ, जहाँ वार्षिक ५० देखि १ सय जनासम्म मानवीय क्षति हुने गर्दछ । नेपालमा पनि जंगली च्याउको संकलन र उपभोगको परम्परा निकै पुरानो मानिन्छ । चेपाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार, मगर, राई, लिम्बू, थकाली, दनुवार, थारू आदि नेपालका परम्परागत प्रमुख च्याउभक्षी समुदायहरू हुन् । कमजोर सामाजिक­आर्थिक अवस्था, शिक्षा र चेतनाका कारण यी समुदायमा जंगली च्याउको संकलन र उपभोग सामान्य रहेको पाइन्छ । खाद्य स्रोत र स्वाद दवैका लागि प्रयोग गर्ने गरेका यी समुदायमा जंगली च्याउसम्बन्धी आ­आफ्नै किसिमका स्थानीय ज्ञान र मान्यताहरू रहेको पाइन्छ । विभिन्न ठाउँहरूमा जंगली च्याउलाई थप आय आर्जनको रूपमा समेत प्रयोग गर्दै आएको छ । हुन त हाम्रा प्रचुर आर्थिक सम्भावना बोकेका यार्सा, गुच्छी र रातो च्याउबाहेक अन्य च्याउले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको पहुँच पाउन सकेको छैन । एउटा अध्ययनअनुसार नेपालको विभिन्न भागमा खाद्यका रूपमा प्रयोग भइरहेका २१ थरीका च्याउ संसारको अरू देशमा पनि प्रयोग हुने गरेको छ । हाम्रो देशका अधिकांश भु­भागहरूमा यस्ता खालका अध्ययन­अनुसन्धान गर्न बाँकी नै छ । विशिष्ट भौगोलिक अवस्थिति र हावापानीको कारण नेपालमा धेरै प्रकारका च्याउका प्रजातिहरू हुन सक्ने विज्ञहरूको अनुमान छ । हरेक वर्ष मनसुनको सुरुवातसँगै नेपालको वन, पाखा, कान्ला, खोल्सा­खोल्सी र खेतबारीमा थरीथरीका च्याउहरू प्रशस्त मात्रामा उम्रिन्छन् । वर्षा्तको सुरुवातसँगै विषालु च्याउको सेवनबाट सिकिस्त हुने र मृत्युवरण गर्ने घटनाहरू सञ्चारमाध्यमहरूबाट निरन्तर रूपमा प्रकाशित भइरहेका हुन्छन् । तुलनात्मक रूपमा उच्च पहाडी क्षेत्रमा भन्दा मध्य पहाडी र तराई क्षेत्रमा विषालु च्याउहरू बढी मात्रामा पाइन्छन् । मुलुकभरि विषका घटनाहरूको दर्ता प्रक्रिया व्यवस्थित र नियमित नभएको हुनाले विषालु च्याउको सेवनबाट हुने दुर्घटनाको यथार्थ तथ्यांक छैन, तर पनि यसबाट हुने मृत्युदर वार्षिक ३०­५० जनाको हाराहारीमा रहेको अनुमान छ । धेरैजसो घटना विकट ग्रामीण क्षेत्रमा घट्ने भएको हुनाले यो संख्या अझै बढी हुन सक्ने सम्भावना देखिन्छ । हालै पाँचथर, खोटाङ, पर्वत, पाल्पा लगायत देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भइसकेको र दर्जनौं अस्पतालमा भर्ना भएका छन् । हुन त हरेक वर्ष देशका विभिन्न भागमा घट्ने यस्ता दर्जनौं दारुण घटनाको विस्तृत वैज्ञानिक अध्ययन–अनुसन्धान भएको पाइँदैन र वर्षैपिच्छे यस्ता घटनाहरू दोहोरिरहेका छन् । नियन्त्रणका लागि राज्यबाट गरिएका प्रयासहरू यथेष्ट र प्रभावकारी हुन सकेका छैनन्, जसले गर्दा घटनामा कुनै कमी आएको देखिँदैन । स्थिति अत्यन्त गम्भीर र विकराल छ । संसारमा ९५ प्रतिशत च्याउसँग सम्बन्धित मानवीय दुर्घटना यसको गलत पहिचानले गर्दा हुने गरेको तथ्यांक छ । खाने च्याउसँगै विषालु च्याउ पनि उम्रिन सक्ने भएकोले च्याउ टिप्दा अत्यन्तै होस पु¥याउनुपर्ने देखिन्छ । खान हुने र विषालु च्याउ छुट्याउने कुनै ठोस छिटो छरितो र भरपर्दो वैज्ञानिक प्रविधिको विकास भइनसकेकोले यसको लागि विशेष अनुभव र विज्ञताको नै आवश्यकता पर्दछ । सामान्य मानिससँग रहेका परम्परागत ज्ञान र प्रविधिको आधारमा मात्रै च्याउको सही पहिचान र उपभोग गर्न सुरक्षित मान्न सकिँदैन । नेपालको विभिन्न क्षेत्रमा खान हुने वा नहुने च्याउ छुट्याउन स्थानीय रूपमा विभिन्न विधि एवं मान्यताहरू प्रचलनमा रहेको पाइन्छ । ती कुनै पनि मान्यता तथा विधिहरू शतप्रतिशत सही नभएको, अधिकांशमा कुनै वैज्ञानिक आधार नरहेको, अत्यन्त खतरनाक र घातक छन् । केही मान्यता तथा विधिहरू यस प्रकार रहेका छन् । नुन पानीसँग उमाल्दा वा पकाउँदा, सुकाउँदा वा अचार बनाउँदा च्याउमा भएका विष जति सबै नाश भएर जान्छ । तर सबैखाले विष जाँदैन । – टिमुर वा चुक हालेर च्याउ पकाउँदा त्यसमा भएको विष नाश भएर जान्छ र खानको लागि सुरक्षित हुन्छ । तर सबै खाले विष जाँदैन । – विषालु जंगली च्याउसँग लसुनका केही पोटी वा प्याज राखेर पकाउँदा पोटी वा प्याजको रंग कालो हुन्छ । तरm सबै खाले विषमा हुँदैन । – पकाएको विषालु च्याउको तरकारीमा चाँदीको सिक्का वा चम्चा चोपेर हेर्दा सिक्का वा चम्चाको रंग कालो हुन्छ । तर, सबै खाले विषमा हुँदैन । – तितो र परपराउने स्वाद भएका च्याउ विषालु हुन्छन् । तर, सबै हुँदैनन् । – चिल्लो छाता भएको च्याउ खानलाई सुरक्षित हुन्छ । तर, सबै हुँदैन । – काट्दा वा भाँच्दा च्याउबाट दूध निस्कियो भने च्याउ विषालु हुन्छ । तर सबै हुँदैन । काठमा उम्रिने सबै च्याउ खान हुन्छन् र माटोमा उम्रिने च्याउ विषालु हुन्छन् । तर सबै हुँदैन । – कीरा वा अन्य जंगली जनावरले खाएको च्याउ खानलाई सुरक्षित हुन्छन् । तर सबै हुँदैन । – समूह­समूहमा उम्रेको च्याउ खान हुन्छ । एक्लै­एक्लै उम्रेको च्याउ विषालु हुन्छ । तर सबै हुँदैन । – कहिलेकाहीं विषालु सर्प वा अन्य जंगली जनावरले खाने च्याउलाई विषाक्त बनाइदिन्छ । तर ठोस वैज्ञानिक आधार भने छैन । जंगलबाट टिपेर वा संकलन गरेर ल्याएको च्याउमध्ये सबभन्दा पहिले केही भाग देउतालाई अर्पण गरेर बाँकी च्याउ पकाएर खाँदा सुरक्षित हुन्छ । तर, ठोस वैज्ञानिक आधार भने पाइँदैन । सामान्यतयाः विषालु च्याउ खाएर हुने मृत्युदर २० प्रतिशतसम्म देखिएको छ । प्रभावकारी विष व्यवस्थापनका लागि चाहिने दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको अभाव, पीडित समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्नु आदि विभिन्न कारणले नेपालमा विषालु च्याउ खाएर हुने मृत्युदर निकै बढी देखिएको छ । च्याउबाट हुने विषाक्तताका घटनाहरू राजधानीका केही प्रमुख अस्पतालमा १ देखि ४ प्रतिशत, पूर्वी नेपालका केही प्रमुख अस्पतालमा लगभग ५ प्रतिशत र चितवन जिल्ला अस्पतालमा १ प्रतिशतसम्म पाइएको छ । जबकि अमेरिकामा यस्ता घटनाहरू शून्य दशमलव ५ प्रतिशतभन्दा कम रहेको पाइएको छ । विभिन्न प्रजातिहरूमा हुने विषको रसायनिक संरचना फरक­फरक भएको हुनाले मानिसमा विषका असर पनि फरक­फरक देखिन्छन् । विषको गम्भीरता च्याउको भौगोलिक अवस्थिति, विषको मात्रा, च्याउको वंशाणुगत गुण र उम्रिने अवस्था आदिमा निर्भर गर्दछ । सामान्यतः बुढापाका, बच्चाहरू र अशक्त व्यक्ति वढी प्रभावित हुन्छन् । कम विषालु च्याउ खाने बित्तिकै (केही मिनेट भित्र) लक्षणहरू देखा पर्दछन् र पछि निको हुने सम्भावना धेरै हुन्छ भने कडा विष भएका च्याउ खाँदा लक्षणहरू अलि ढिलो देखा पर्दछन् तर घातक हुन्छ । दुई वा दुईभन्दा बढी जंगली च्याउ मिसाएर खाँदा कहिलेकहीँ लक्षणहरू चाँडै देखा परे पनि त्यस्ता लक्षणहरू गम्भीर प्रकृतिका प्राणनाशक हुन सक्छन् । संसारभरिमा १४ विभिन्न प्रकारका च्याउ विषाक्तता देखिएका छन् ।

Wednesday 13 September 2017

             सुचना  !      सुचना   !!     सुचना !!

         यहि आउदै गरेको 08 October 2017 आइतबारको दिन DYNAMIC EVEREST DIAMOND GROUP (DEDG) Klang  को आयोजनामा  मलेसियाकै सुन्दर नगरी क्लाङ्गमा   DXN बाट कसरी स्वास्थ्य,समृद्धि र खुशी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा  ग्रेट लिडर सरहरु DD श्री के.वि. खड्का  ,
ESSD श्री पुर्ण बहादुर श्रेष्ठ , एजुकेटिभ सिनियर स्टार डाइमन्ड सम्भु मल्ल सर , एजुकेटिभ सिनियर स्टार डाइमण्ड रोशन गुरुङ , सिनियर स्टार डाइमण्ड धुर्वतारत श्रेष्ठ , सिनियर स्टार डायमण्ड सुधिर राई, सिनियर स्टार डायमण्ड वसन्त थापा मगर सरलगायत थुप्रै अनुभबी लिडर सरहरुको उपस्थितिमा चौथो  #DXN_NEPALESE_GATHERING हुन गै रहेको हुदा सम्पुर्ण डिएकसन प्रेमी मित्रहरुले आ आफ्नो ग्रुप सहित उपस्थित भै डिएकसन सम्बन्धी हरेक ज्ञान् लिने मौका र अवसरलाइ नगुमाउनु होस् भन्दै हार्दिक खुल्ला निमन्त्रणा गर्दछु  ।        
                                                      धन्यवाद
 Dyanamic Everest Diamond Group  Klang..!!

सुबिधा:-
कफि र पानीको व्यवस्था  गरिएको छ

प्रवेश शुल्क :- Rm.10/-

बिशेषताहरु:- 
1) Dxn company profile

2) Product knowladge

3) Marketing plan

4) Best motivivation

मिति :- 08 अक्टोबर 2017
समय :- 11:00 AM देखि  4:30 PM

स्थान :- GoldCourse Hotel Klang Selangor

थप जानकारीका लागि 
महत्त्वपूर्ण सम्पर्क नम्बरहरु

1) अध्यक्ष :- श्री दिपक संघर्ष -0163025645
2) उपाध्यक्ष :- श्री सम्भु मल्ल - 0109686697
3) कोषाध्यक्ष :- श्री ध्रुवतारा श्रेष्ठ - 0162014421
4) सल्लाहकार संयोजक :-
                   के.वी.खड्का -0102481579
5) सचिव :- श्री नरजित बुढा मगर -0103764794
6) सदस्य :- आशिष् बुढा मगर -0149299409

7) इमेल :-dynamiceverest2017@gmail.com

Monday 11 September 2017



कमजोर यौन क्षमता भएका अधिकांश मानिसहरू भियग्राको प्रयोग गरी यौन क्षमता बढाउँछन् । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, साइड इफेक्ट पनि प्रशस्तै देखाउँछ । भियग्राको जथाभावी प्रयोगले कहिले कहि ठूलो समस्या पनि ल्याइदिन सक्छ । जानी राखौं भियग्रा बारे १५ तथ्यः— भियग्रा एक औषधि नै हो । यसले रक्तचाप अस्वभाविक रुपमा केही समयका लागि बढाईदिन्छ ।  यो हल्का निलो रङ्ग र हिराकारको हुन्छ ।  यसको ब्राण्ड नाम सिडेनाफिल सिट्रेट हो ।  यसलाई पुरुषको यौनक्षमतासँग पनि जोड्ने गरिन्छ । यौनक्षमता कम भएका पुरुषहरुले यो प्रयोग गर्ने गर्छन् । भियग्रा खाएपछि पुरुषको लिङ्गमा अस्थायी रुपमा रक्त प्रवाह बढ्छ ।  यसलाई पुरुषको यौनक्षमता अस्थायी रुपमा सक्रिय बनाउने औषधिका रुपमा लिने गरिन्छ ।  भियग्रा बारे सन् १९९८ मा पहिलो पटक इन्टरनेटमा सूचना अपलोड भएको थियो ।  मानिसहरू यसको प्रयोग क्लब ड्रग, एक्स्टसी, कोकीन, तथा स्पीडका रुपमा पनि प्रयोग गर्छन् ।  भियग्रा एक गोली खाएपछि यसको असर आधा घण्टादेखी एकघण्टासम्म रहन्छ ।  चिकित्सकको सल्लाहविना यो औषधि एक पटकमा एउटा भन्दा बढी खानुहुदैन । यसको सेवन केवल पुरुषले मात्रै गर्नु पर्छ ।  कसै कसैलाई यसको सेवनपछि साइड इफेक्ट तत्काल देखिन थाल्छ । जस्तैं : टाउको दुख्ने, छाला रातो हुने, पेटमा गडबडी हुने, मांशपेशीहरू दुख्ने आदि ।  मुटुको समस्या भएकाहरूले भियग्राको गोली बिर्सेर पनि खानुहुदैन । 

उनीहरूले यो औषधि खाए मुटुको रक्तचापमा वृद्धि भई हृदयघात समेत हुनसक्छ ।  अर्को कुनै औषधि सेवन गरिहेकाले भुलेर पनि भियग्रा खानु हुँदैन ।  ब्लड प्रेसरको औषधि लिइरहेकाहरूले पनि प्रेसरको औषधि र भियग्रा खाएमा परिणाम खतरनाक हुन सक्छ । यसकारण एउटा औषधि खान बन्द गरेर मात्र अर्को औषधि खान सुरु गर्नुपर्छ ।  यदि तपाई अनलाइनको माध्यमबाट भियग्रा खरिद गर्दै हुनुहुन्छ भने, ख्याल गर्नुहोस् : तपाइले डाक्टरले सिफारिस पर्ची अनिवार्य देखाउनुपर्छ । कतिपय देशमा भियग्रा खरिदबिक्री गैरकानुनी काम हो । 

Friday 8 September 2017

🌹🌹सुचना   !     सुचना   !!     सुचना🌹🌹

         यहि आउदै गरेको 08 October 2017 आइतबारको दिन DYNAMIC EVEREST DIAMOND GROUP (DEDG) Klang  को आयोजनामा  मलेसियाकै सुन्दर नगरी क्लाङ्गमा   DXN बाट कसरी स्वास्थ्य,समृद्धि र खुशी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा मलेशिया कै टप ग्रेट लिडर सरहरु DD श्री के.वि. खड्का सर , एजुकेटिभ सिनियर स्टार डाइमन्ड सम्भु मल्ल सर , एजुकेटिभ सिनियर स्टार डाइमण्ड रोशन गुरुङ , सिनियर स्टार डाइमण्ड धुर्वतारत श्रेष्ठ , सिनियर स्टार डायमण्ड सुधिर राई, सिनियर स्टार डायमण्ड वसन्त थापा मगर सरलगायत थुप्रै अनुभबी लिडर सरहरुको उपस्थितिमा चौथो  डिएकसन सेमिनर हुन गै रहेको हुदा सम्पुर्ण डिएकसन प्रेमी मित्रहरुले आ आफ्नो ग्रुप सहित उपस्थित भै डिएकसन सम्बन्धी हरेक ज्ञान् लिने मौका र अवसरलाइ नगुमाउनु होस् भन्दै हार्दिक खुल्ला निमन्त्रणा गर्दछु  ।        
                                                      
 

सुबिधा:-
कफि + पानीको व्यवस्था  गरिएको छ।

प्रवेश शुल्क :- Rm.10/-

बिशेषताहरु:-
1) Dxn company profile

2) Product knowladge

3) Marketing plan

4) Best motivivation

थप जानकारीका लागि
 
 महत्त्वपूर्ण सम्पर्क नम्बरहरु


1) अध्यक्ष :- श्री दिपक संघर्ष  -0163025645
2) उपाध्यक्ष :- श्री सम्भु मल्ल - 0109686697
3) कोषाध्यक्ष :- श्री ध्रुवतारा श्रेष्ठ - 0162014421
4) सल्लाहकार संयोजक :-
                           के.वी.खड्का -102481579
5) सचिव :- श्री  नरजित बुढा मगर -0103764794
6) सदस्य :- आशिष् बुढा मगर -0149299409
6) इमेल :-dynamiceverest2017@gmail.com
     

                  धन्यवाद !!!
                                                      नरजित बुढा मगर
Dynamic Everest Diamond Group सचिव 

Wednesday 6 September 2017

🌹🌹🌹 हार्दिक  निमन्त्रणा 🌹 हार्दिक  निमन्त्रणा 🌹🌹🌹


यहीँ  2017september  10 तारिक अाइतवार का दिन
DXN बाट कसरी हामीले  स्वास्थ्य  ,समृद्धि  खुसि  कसरी प्राप्त गर्ने सकिन्छ।  भने बिषय मा   Dynamic  Everest  Diamond  Group Klang  ले  तेस्रो सेमिनार  काे अायाेजना गर्ने  भएको हुनाले  याे सेमि
नार  मा  मलेसियामा लामो समय देखि बसेर  अाज dxn कम्पनीको  सिस्टम ले  international  S..  ..प्राप्त गरि सक्नु भए  का dxn क्षेत्रमा   मलेसिया का प्रभाव सालि ब्याक्ति हरु  काे बिषय कलास हुने भए का ले  ।
टप ग्रेड लिडर  डबल डाईमण्ड, झगेन्द्र  अधिकारी ,डबल डाईमण्ड, छत्र  लिम्बू  एजुकेटिभ सिनियर डाइमण्ड  रुद्र  लिम्बू सर लगाए  थुप्रै  dxn क्षेत्रमा  अनुभवी लिडर हरु कलास हुनेभएको ले  सम्पूर्ण  स्वास्थ्य प्रेमि मित्रहरू  गरिमामय  उपस्थितिको लागिएको  हार्दिक खुला निमन्त्रणा  गर्द छाै ।
विशेषताहरु :-

लेमञ्झी र पानी काे ब्यवस्था नि गरिएको छ ।

1)Dxn company  frofile 

2)Produck knowladge

3)Marketing plan

4)Best motivation

मिति :-2017 यहीँ सेप्टेम्बर  10 तारिक अाइतवार का दिन.
स्थान :- मलेसिया klang dxn stockist   नजिकैको रहेको  ime bank   ठिक अगाडि Hotel Alya

समय बिहान  :-11:00 बजे देखि बेलुका   4:30 बजे सम्म ।

टिकट  RM :- 10/-  

थप जानकारीका लागि
महत्त्वपूर्ण सम्पर्क नम्बरहरु

1) अध्यक्ष :- श्री दिपक संघर्ष : -0163025645

2) उपाध्यक्ष :- श्री सम्भु मल्ल - 0109686697

3) कोषाध्यक्ष :- श्री ध्रुवतारा श्रेष्ठ - 0162014421

4) सल्लाहकार संयोजक :-
         श्री के.वी.खड्का -102481579
5) सचिव :- श्री नरजित बुढा मगर -0103764794

6) सदस्य :- आशिष् बुढा मगर -0149299409

6) इमेल :-dynamiceverest2017@gmail.com

Saturday 2 September 2017

RG/GL भनेको के हो ? 
DXN कम्पनी मा RG GL को के महत्त्व छ ?
RG/GL ले के-के काम गर्दछ अन्तिम सम्म पढ्नु होस ?


यो  RG क्यापसुल गानोदर्माको प्रमुख  उत्पादन  हो । ९० दिन को परिपक्व  पाकेको दैबि गुण र शक्ति  भएको गानोदर्मा लुसिदुमको फुलको शुद्ध सत प्रतिसत पाउडर बाट अन्या कुनै पदार्थ नमिसाइ पुर्णतया  शुद्ध आयुर्वेदिक तरिकाले तयार पारियएको सजिबनी जडिबुटी को क्याप्सुल भएको  हुनाले यसले मानव शरीरमा  कुनै  किसिमको नराम्रो साइडइफेकट र हानी नोक्सानी  गर्दैन।

यस लाई औषधि  नभनी गानोदर्माको पोस्टिक खुराक / खाद्य  बस्तु भनिन्छ । यसमा पोलिस्याकराइड, एदेनोसियेन ,टिटोरोपेनोइड गानोदर्मिक इसेन्स, प्रोटिन र फाइबर जस्ता ओउसदिया  महत्त्व  पुर्न प्राकितिक पोशटिक खद्यान तत्त्वले  भरिपुर्ण हुने भएकोले यसले मानिसको सर्वाङ्ग स्वस्थ लाई राम्रो बनाउछ।

यसले शरीर मा भएको रोग लाई स्क्यानिङ गरि रोग पत्ता लगाएर शरीर भित्रका बिसादी र बिकार (Toxin) तत्वलाइ कोषबाट बाहिर निकाली सफा पारेर सबै प्रकार का रोगसङ्ग लडने क्षमता बलियो र शक्तिशाली बनाउनुको साथै शरिरको कर्या क्षमता लाई अझै बडाउछ।
यसले पेट  को पाचन प्रकिया र प्राचन सक्तिलाइ बलियो पार्दछ शरीर को छाला लाई चिल्लो, नरम, कलिलो, र सुन्दर बनाउछ शरीर भित्रका नसडाडि र प्रणाली लाई सन्तुलन बनाइ सबै प्रकारका  हटाऐर शरीर लाई स्वस्थ  निरोगी जबान र दिर्गजीव बनाउछ।

RG को फाइदाहरु :-

(१) सरिर मा रोग सङग लडने छमता अर्थत "इम्युनसिसटम" लाई बढायेर बलियो शक्ति साली बनाइ विभिन्न अस्यद्धा रोग बाट मुक्त बनाउछ।
(२) शरीर म येनटि क्यान्सेर येनटि ट्युमर (Tyumar) को काम गर्दछ क्यान्सर रोग को उपचार गर्दछ।
(३) शरीर मा भयेको खराबी र बिशदी लाई शरीर बाट विभिन्न स्थान को कोष बाट  लेबल बाट बाहिर निकालिन्छ।
(४)सरिर को तन्तुहरुलाइ कुहिन र मर्न बाट बचाउछ ।
(५)शरीर मा कोलेसटाेल र सुगरको मात्रा लाई नर्मल म रख्दछ।

GANOCELIUM ( GL )

यो GL गानोदर्माको माइसेलियेम हो। येसम दैबिगुन र शक्ति भयेको 18 दिन मा गानोदर्मा लुडिसुम माइसेलियेम जराको धुलो बाट  बनाइने हुनाले RG भन्दा फरक किसिम को हुन्छ। येस लाई शुद्ध माइसेलियेम पाउडर बाट आयुर्बेधिक तरिकाले अन्या कुनै पनि बस्तु नमिसाइ कन तयार पारियेको हुन्छ ।

येसमा  माइसेलियेम पोलिस्याकराइड अर्गानिक जर्मनियम टाइतएपेनोइड भिटामिन्श  र मिनरल तत्वहरु समेत हुने भयेकाले येसको सेबन बाट  सारिरिक कर्या छमता लाई अभिबृदी रगत सन्चालन राम्रो गर्दछ।  शरीर लाई टाकत दियेर स्फुर्ती बनाउन प्रभाब कारि काम गर्छ।

येस ले दिमागमा टनिक र शरीर अक्सिजन पुर्याइ केन्द्रीय स्नायु प्रनालिलाई राम्रो प्रभाब पारेर शरीर लाई सन्तुलन मा राखी  बिसादी  बस्तु लै कोस  बाट बाहिर निकालेर प्राचन प्रनाली लाई बलियो पार कब्जियत र ग्यासटिक रोग बाट बचाउछ। मानिस हरुको स्वस्थ  लाई तन्दुरुस्त राखेर विभिन्न रोग सङग लडने शक्ति  बढाउछ । येस ले बच्चाहरुको मानसिक र सारिरिक बिकास राम्रो सङ्ग  गर्दछ ।

येस् म 250 भन्दा बडि प्रकारका सकृया भिभिन्न रशायानिक तत्वहरु र 112 प्रकारका भिटामिन र मिनरल तत्व हरु हुने भयेका हुनाले। सरिरमा आबस्याक साच्चै  प्रकार का खनिज तत्वहरुको साथै  सन्तुलित भोजन र क्यालरि शक्तिको  सचेत परिपुर्ती समेत गरेर शरीर भित्रको  रोग प्रतिकरी छमता लाई बलियो शक्ति सालि बनाइ बिभिन्न प्रकारका धेरै रोग लाई हटायेर स्वस्थ  राम्रो, निरोगि, जबान, र दीर्घजिबि बनाउछ ।

GL को फाइदाहरु :-

(१)शरीर मा नसाहरुको कर्य छमता बढाउछ।

(२)शरीर भित्रको टक्सिनलाइ कोस बाट  बाहिर निकालेर सफा गर्द्छ।

(३)सरिर काे इमुनीटि पावर रोग सङग लडने छमत बडाउछ।

(४) दिमाग मा स्मरन शक्ति बडाउछ।

(५) मस्तिक मा टनिककाे काम गर्छ र दिमाग लाई सान्त बनाइ राख्छ ।

(६) मस्तिक मा Tyumar हुन बाट रोक्छ।

(७) शरीर लाई सन्तुलन राखन मा येस ले विशेष काम गर्छ।

(८) शरीर मा प्रसस्त मात्रामा अक्सिजन/प्रानबायु पुर्याइ सेल्स लाई तन्दुरुस्त बनायेर मानिस लाई जबानि देखाउछ।

(९) पेटको पेन्कृयज लाइ बलियो पारी प्राचन प्रनालिमा राम्रो काम गर्छ।

(१०) RG मा भन्दा GL मा चार गुना  बडि अर्गानिक जर्मानियम हुन्छ।

(११)येस ले सरिर मा थप पुरक पोसनको काम गर्छ।

DXN कम्पनी यस्तो लक्षय लिएर One world, One Market भन्दै हिडेको कम्पनी हो।बिस्वमा सान्तिको जन्म हत्याहिन्शाको अन्त्य, गरिबिको समापती स्वस्थ जिबन जिउन  सिकाउनु नै DXN कम्पनी को मुल उदेश्य हो।
साथै यस डिएक्सएन कम्पनीको सिस्टममा गएर सामानहरु प्रयोग गरेमा स्वस्थ हुनुका साथै पुस्तौँसम्म आर्थिक आम्दानी पनि लिन सकिन्छ।।

यदि हजुरहरुलाइ डि.एक्स.एन कम्पनीबाट उत्पादित RG GL या अन्य कुनै पनि प्रोडक्टहरु   सम्पर्क गर्न सक्नु हुन्छ  ।धन्यवाद ।

हजुर अन्य थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला

यदि तपाईलाई पनि DXN को फाइदा बारेमा बुझ्न चाहनु हुन्छ भने हामि लाई सल्लाह सुझावका लागि सम्पर्क गर्न सक्नु हुन्छ

थप जानकारिको लागि Inbox Box मा sms गर्न सक्नु हुनेछ।
                       ।। ।धन्यवाद।।।
                                       - नरजित बुढा मगर
                                        सम्पर्क नं. :- 0103764794
इमेल :- narjitbudha545@gmail.com

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...