Monday, 11 September 2017
कमजोर यौन क्षमता भएका अधिकांश मानिसहरू भियग्राको प्रयोग गरी यौन क्षमता बढाउँछन् । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, साइड इफेक्ट पनि प्रशस्तै देखाउँछ । भियग्राको जथाभावी प्रयोगले कहिले कहि ठूलो समस्या पनि ल्याइदिन सक्छ । जानी राखौं भियग्रा बारे १५ तथ्यः— भियग्रा एक औषधि नै हो । यसले रक्तचाप अस्वभाविक रुपमा केही समयका लागि बढाईदिन्छ । यो हल्का निलो रङ्ग र हिराकारको हुन्छ । यसको ब्राण्ड नाम सिडेनाफिल सिट्रेट हो । यसलाई पुरुषको यौनक्षमतासँग पनि जोड्ने गरिन्छ । यौनक्षमता कम भएका पुरुषहरुले यो प्रयोग गर्ने गर्छन् । भियग्रा खाएपछि पुरुषको लिङ्गमा अस्थायी रुपमा रक्त प्रवाह बढ्छ । यसलाई पुरुषको यौनक्षमता अस्थायी रुपमा सक्रिय बनाउने औषधिका रुपमा लिने गरिन्छ । भियग्रा बारे सन् १९९८ मा पहिलो पटक इन्टरनेटमा सूचना अपलोड भएको थियो । मानिसहरू यसको प्रयोग क्लब ड्रग, एक्स्टसी, कोकीन, तथा स्पीडका रुपमा पनि प्रयोग गर्छन् । भियग्रा एक गोली खाएपछि यसको असर आधा घण्टादेखी एकघण्टासम्म रहन्छ । चिकित्सकको सल्लाहविना यो औषधि एक पटकमा एउटा भन्दा बढी खानुहुदैन । यसको सेवन केवल पुरुषले मात्रै गर्नु पर्छ । कसै कसैलाई यसको सेवनपछि साइड इफेक्ट तत्काल देखिन थाल्छ । जस्तैं : टाउको दुख्ने, छाला रातो हुने, पेटमा गडबडी हुने, मांशपेशीहरू दुख्ने आदि । मुटुको समस्या भएकाहरूले भियग्राको गोली बिर्सेर पनि खानुहुदैन ।
उनीहरूले यो औषधि खाए मुटुको रक्तचापमा वृद्धि भई हृदयघात समेत हुनसक्छ । अर्को कुनै औषधि सेवन गरिहेकाले भुलेर पनि भियग्रा खानु हुँदैन । ब्लड प्रेसरको औषधि लिइरहेकाहरूले पनि प्रेसरको औषधि र भियग्रा खाएमा परिणाम खतरनाक हुन सक्छ । यसकारण एउटा औषधि खान बन्द गरेर मात्र अर्को औषधि खान सुरु गर्नुपर्छ । यदि तपाई अनलाइनको माध्यमबाट भियग्रा खरिद गर्दै हुनुहुन्छ भने, ख्याल गर्नुहोस् : तपाइले डाक्टरले सिफारिस पर्ची अनिवार्य देखाउनुपर्छ । कतिपय देशमा भियग्रा खरिदबिक्री गैरकानुनी काम हो ।
Subscribe to:
Post Comments (Atom)
Dxn product
DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...
-
कमजोर यौन क्षमता भएका अधिकांश मानिसहरू भियग्राको प्रयोग गरी यौन क्षमता बढाउँछन् । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, सा...
-
पुरुषहरूलाई देखिने प्रोष्टेटको समस्या के हो ? यस्का असर र लक्षण यस्ता हुन्छन। प्रोष्टेटग्रन्थीलाई प्रजनन ग्रन्थी वा पुरुष ग्रन्थी पनि ...
-
व्यावसायिक कुखुरापालन तालिम आधुनिक तथा व्यावसायिक कुखुरापालनमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ कृषि तालिम, परामर्श सा...
No comments:
Post a Comment