Monday 30 October 2017

पुरुषहरूलाई देखिने प्रोष्टेटको समस्या के हो ? यस्का असर र लक्षण यस्ता हुन्छन।

प्रोष्टेटग्रन्थीलाई प्रजनन ग्रन्थी वा पुरुष ग्रन्थी पनि भनिन्छ । यो पिसाव थैलीको ठिक तल पट्टी पिसाव नलिको शुरू भागको वरिपरि हुन्छ ।
रेशा तथा मांशपेशीयुक्त तन्तुबाट बन्ने यो ग्रन्थी युवा अवस्थामा झण्डै २० ग्रामको हुन्छ । पुरुषहरूको उमेरको बृद्धिसंगै यसको आकार पनि बढ्दै जान्छ ।
सामान्यत: प्रोष्टेटको आकार बढ्दै जाँदा पिसाव फेर्ने प्रक्रियामा समस्या देखापर्छ र कालान्तरमा यसैबाट क्यान्सर समेत हुनसक्छ ।
प्रोष्टेटग्रन्थीको एक किसिमको तरल पदार्थ हो । जसले बीर्यलाई हुर्काउन मद्धत गर्छ । प्रोष्टेटग्रन्थीको सेक्रेट (एक खालको तरल पदार्थ)मा बीर्य आएर बस्छ र त्यो हुर्कने, बढ्ने काम हुन्छ । त्यसैले बीर्य स्वस्थ हुने वा नहुनेमा प्रोष्टेटग्रन्थीमा पनि भर पर्दछ ।
यदि प्रोष्टेटग्रन्थीमा संक्रमण भयो भने बीर्य मर्न सक्छ । जव बीर्य मर्छ सन्तान उत्पादनको सम्भावनामा अबरुद्ध हुन्छ ।
प्रोष्टेट समस्या कति किसिमका हुन्छन् ?
सामान्यत प्रोष्टेटसमस्या तीन किसिमले हुने गरेको पाइन्छ ।
पहिलो : उमेर ढल्कदै जाँदा वा ४० बर्ष उमेर पुगेपछि प्रोष्टेटग्रन्थी बढ्दै जान थाल्छ । जसले पिसावको बाटोलाई अवरुद्ध पार्न सक्छ ।
दोस्रो : प्रोष्टेटग्रन्थीमा नराम्रो किसिमको मासु पलाउनु । अर्थात यस्तो मासु जो बढ्दै जान्छ र त्यसले क्यान्सर बनाउँछ ।
तेस्रो : प्रोष्टेटग्रन्थीमा संक्रमण हुनु हो । यस्तो समयमा भित्र रहने भएकोले चाँडै पत्ता लाग्न पनि गाह्रो हुन्छ । जसका कारण समयमै उपचार हुन सक्दैन् । संक्रमण हुँदा प्रोष्टेटग्रन्थीमा सुन्निन्छ ।
प्रोष्टेटमा समस्या भएको भनेर कसरी थाह पाउने ? लक्षणहरूके के हुन् ?

निम्न अनुसारका लक्षण देखियो भने हामीले प्रोष्टेटमा समस्या भयो कि भनेर शंका गर्नुपर्छ ।
पिसाव सम्वन्धी समस्या :
पिसाव चाँडै चाँडै लाग्ने,
पिसावको धारा मसिनो हुने,
पिसाव लागेजस्तो हुने,
पिसाव लागे जस्तो हुने तर जाँदा कम हुने,
पिसाव फेर्न जाँदा झट्ट ननिस्कने अर्थात एक छिन पर्खनुपर्ने,
पिसाव फेर्न बल गर्नुपर्ने,
पिसाव फेरिसकेपछि पनि बाँकी रहेजस्तो हुने,
पिसाव लागेजस्तो हुने तर कम कम हुने,
पिसाव रोक्न नसकिने,
पिसाव फेरिसकेपछि फेर्नु अघि दुख्ने, नाइटो वरिपरि दुख्ने
दुखाईको समस्या :
अण्डकोष दुख्ने ,
कम्मर दुख्ने,
मलद्धार र अण्डकोषबीचको भाग त्यो पनि दुख्ने ,
नाइटो वरिपरि दुख्ने,
लामो समयसम्म असजिलो महसुस हुने आदि ।
लिंगमा कडापन नहुने :
प्रोष्टेट भएका मानिसको लिंगमा कडापन हुँदैन,
यौनसम्पर्कका बेला छिटो सेलाउने,
कसैमा छिटो बीर्य स्खलन हुने समस्या पनि हुनसक्छ ।
त्यस्तै यस्तो समस्या भएको व्यक्तिलाई एन्जाइटी, डिप्रेसन जस्ता समस्या पनि देखिन सक्छ ।

उपचार तथा रोकथामको उपायहरू के हुनसक्छ ?
माथिका लक्षणहरूदेखिएमा तत्काल युरोलोजिष्टलाई देखाउनु राम्रो हुन्छ । अझ भनौ ४० बर्ष माथि लागेपछि यस्तो समस्या देखिने भएकोले ती उमेर समुहका पुरुषहरूले यस्तो लक्षण छ कि छैन विशेष ख्याल गर्नुपर्छ ।
पिसाव नलिको संक्रमण असुरक्षित यौनसम्पर्कका बेला बढी हुने सम्भावना भएकोले त्यस्तो कार्य पूर्णरुपमा निषेध गर्नुपर्छ ।
पिसाव नलिमा विभिन्न कारणले इन्फेक्सन हुने र त्यो तत्कालै फैलिएर प्रोष्टेट ग्रन्थीसम्म पुग्ने भएकोले त्यस्तो इन्फेक्सन हुनबाट जोगाउनुपर्छ ।
कहिलेकाही शरीरको लिम्पेथिक सिस्टम (रगत बहने नलिजस्तै अर्को लिम्फ भन्ने सेतो रगत बहने नलि हुन्छ ) लिम्फ नलिमा भएको इन्फेक्सन चाहि मलद्धारबाट आन्द्राको प्वाल हुँदै प्रोष्टेट ग्रन्थीमा घुस्छ । त्यसबेला प्रोष्टेटलाई सुरक्षा दिने प्रणाली कमजोर हुन्छ ।
त्यसो त प्रणाली कमजोर नहुँदासम्म प्रोष्टेटको वरिपरि भएको झिल्ली जसलाई हामी क्याप्सुल भन्छौँ यो ज्यादै बलियो हुन्छ । त्यसले इन्फेक्सनलाई सजिलै छिर्न दिदैन तर यी सबै सिस्टम फेल भएको खण्डमा प्रोष्टेटमा समस्या हुन्छ र यसबाट समस्या पैदा हुन्छ ।
नियमित तर स्वस्थ यौनसम्पर्क प्रोष्टेटसमस्याको समाधान बन्न सक्छ :
नियमित तर स्वस्थ रुपमा गरिने यौन सम्पर्क प्रोष्टेटसमस्याको समाधान बन्न सक्छ । किनभने प्राकृतिक रुपमा निस्कनुपर्ने बीर्य लामो समय रोकिदा यसले प्रोष्टेटग्रन्थीमा इन्फेक्सनको सम्भावना बढाउँछ । त्यहि कारण पनि हुनसक्छ खाडी मुलुकमा लामो समय बसेका पुरुषहरूमा यो समस्या बढी देखिएको पनि छ ।
जोगिनका लागि के खाने ? के गर्ने ?
प्रोष्टेटग्रन्थीको समस्याबाट जोगिनका लागि खानपान र जीवनशैलीलाई पनि विशेष ध्यान दिनुपर्छ । जस्तै हामी भन्छौँ म्याग्नेसियम तथा जिंक तत्व भएका खानेकुरा खानुपर्छ । त्यसका लागि हामी प्याज, च्याउ, काजु, पिस्ता , ओखर जस्ता खानेकुराहरूखानसक्छौँ, यिनहरूमा ती मिनरल्सहरूपाइन्छ ।
तर स्याचुरेडेट भएका खाद्यपदार्थहरूअर्थात बढी चिल्लो पदार्थ भएको खाना नखाने । चिल्लोरहित खानेकुरा खानुपरयो ।
प्रोष्टेटको लागि स्पेसल व्यायम छ । सम्वन्धीत डाक्टरले सिकाउछ । त्यसैले प्रोष्टेटभएका वा हुनबाट जोगिन पुरुषहरूले त्यो व्यायम सिक्नु जरुरी हुन्छ ।

No comments:

Post a Comment

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...