तपाईं नेपालीमै बोल्नुस्, टाइप गर्ने काम गुगलको
गुगलले बोलेको कुरा स्वतः टाइप हुने सेवा यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । तर अबदेखि नेपालीमै बोल्दा पनि आफैँ टाइप हुने सेवा गुगलले सञ्चालनमा ल्याएको छ । गुगलको एप्लिकेसन एन्ड्रोइड किबोर्डमार्फत अब सम्पूर्ण नेपालीले नेपाली भाषामा बोलेको कुरा स्वतः टाइप हुने सेवाको भरपुर उपयोग गर्न सक्नेछन् । यसले किबोर्ड थिचेर टाइप गर्ने झन्झटबाट मुक्त गर्नेछ ।
गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर नेपालीमा थिएन । गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई यो सुविधा उपलब्ध भएको छ । अब बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा विश्वका १ सय १९ भाषामा उपलब्ध छ ।
थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ । बोलेको कुरा स्वतः टाइप हुने बनाउन गुगलले निकै मिहिनेत गरेको छ । यसका लागि उसले नेपालीभाषीहरुलाई उनीहरुले मुख्यमुख्य शब्दहरु कसरी बोल्छन् भनी नमूना संकलन गरेको थियो । त्यही आधारमा उसले मेसिन तयार गरी आफैँ टाइप हुने सुविधा तयार गरेको हो ।
यो सेवा प्रयोग गर्न गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आवाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा कपी गरी सोसल मिडिया तथा इमेलमा पेस्ट गर्न सक्नुहुन्छ
Monday, 21 August 2017
Subscribe to:
Post Comments (Atom)
Dxn product
DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...

-
POTENZHI: MALE POWER ENHANCER Be a Superman, Where it Matters!! 1 in 9 people suffer from Impotence or will suffer from it at some po...
-
जीवन वुटी सम्बन्धि जानकारी यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतह...
-
व्यावसायिक कुखुरापालन तालिम आधुनिक तथा व्यावसायिक कुखुरापालनमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ कृषि तालिम, परामर्श सा...
No comments:
Post a Comment